काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य तोलामा १६ सय रुपैयाँ बढेर कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो प्रतितोला एक लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला ३ दिनमा नै सुनको भाउ तोलामा ५ जहार ७ सय रुपैयाँ बढेको छ। आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेर एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ।