सुनको भाउ १ लाख ६७ हजार नाघ्यो  

राम्रो अनलाइन     ११ कात्तिक २०८१, आइतबार
सुनको भाउ १ लाख ६७ हजार नाघ्यो  


काठमाडौं– सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा रु एक हजार चार सयले वृद्धि भएको हो ।

शुक्रबार प्रतितोला रु एक लाख ६६ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६७ हजार चार सय निर्धारण भएको छ ।

त्यस्तै, चाँदीको मूल्य तोलामा रु १५ ले बढेको छ । शुक्रबार प्रतितोला रु दुई सय ७० मा कारोबार भएको चाँदी आजका लागि भने रु दुई हजार ८५ निर्धारण भएको छ ।

प्रतिक्रिया