सुनकाे मूल्य घट्याे

राम्रो अनलाइन     ०६ असार २०८२, शुक्रबार

काठमाडाैं – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। शुक्रबार सुनको मूल्य ८ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

बिहीबार सुन प्रतितोला एक लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ।

महासङ्घका अनुसार आज चाँदी २ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

प्रतिक्रिया