सुनचाँदीको मूल्य बढ्यो

राम्रो अनलाइन     २७ चैत २०८२, शुक्रबार
सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ–  नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । 

आज सुन तोलामा दुई हजार दुई सय रुपैयाँले बढेर दुई लाख ९६ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबार सुन तोलामा दुई लाख ९४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ८५ रुपैयाँले बढेर तोलामा चार हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलामा चार हजार आठ सय ७५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रतिक्रिया