सशस्त्रका महानिरीक्षक अर्यालले ल्याए ‘ए मायालु’

राम्रो अनलाइन     २५ कात्तिक २०८१, आइतबार
सशस्त्रका महानिरीक्षक अर्यालले ल्याए ‘ए मायालु’

 

काठमाडाैं - सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको नयाँ गीत एल्मब ‘ए मायालु’ सार्वजनिक भएको छ । गीतमा सुगम पोखरेलको स्वर तथा सुरेश गैरेको संगीत छ । गीतको भिडियोमा दिपेन्द्र तिमिल्सिनाको निर्देशन, अजय रेग्मीको छायांकन र मनोज कार्कीको सम्पादन छ ।

त्यस्तै गीतको भिडियोमा आकाश श्रेष्ठ, प्रियंका कार्की, जीवन कुमार ज्ञवाली, शिवशरण न्यौपाने, शिवराम भट्टलगायत कलाकारको अभिनय छ । गीतलाई ओएस आर डिजिटल युटुब च्यानलले सार्वजनिक गरेको हो ।

 

प्रतिक्रिया