सशस्त्र प्रहरीका डीएसपी बस्याल मृत फेला

राम्रो अनलाइन     २१ फागुन २०८०, सोमबार
सशस्त्र प्रहरीका डीएसपी बस्याल मृत फेला

विराटनगर–  मोरङमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) मृत भेटिएका छन् ।  डिएसपी उपेन्द्र बस्याल मृत फेला परेका हुन् । 

कार्यालय परिसरमा रहेको क्वार्टरमा झुन्डिएको अवस्थामा डीएसपी बस्यालको शव फेला परेको छ । बस्यालको मृत्युको कारण भने खुलेको छैन । प्रहरीले सोमबार दिउँसो साढे ३ बजे मृत भेटिएको खबर पाएको थियो ।

प्रतिक्रिया