नेपाली कांग्रेसका उपसभापति एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले किसुनजी सरकारको नेतृत्व र पार्टी सञ्चालनमा अनुशासित ढङ्गले काम गर्नुभएका निष्ठावान् व्यक्तित्वका रुपमा स्मरण गरे।
अप्ठ्यारा दिनमा पनि पार्टीमा दुःख पाएका कार्यकर्तालाई सहयोग गरेर हिसाबकिताब राख्दै पार्टी चलाएर नेपाली कांग्रेसलाई सशक्त बनाउने योगदान स्वर्गीय भट्टराइले गरेको खड्काले बताए।
‘किसुनजीले कसैप्रति दुर्भाव राखेको पाइएन । पार्टी सभापति रहेका अवस्थामा चुनाव हार्दा पनि कसैलाई आरोपित गर्नुभएन, आफू अपमानित भएर पनि पार्टीलाई विभाजन हुनबाट रोक्नुभएको थियो, उहाँले आध्यात्मिक, भौतिक, प्रशासनिक तथा निष्ठाका आधारमा देश र जनताप्रति समर्पणको भाव देखाउनुभएको थियो’, उपसभापति खड्काले भने।
खड्काले किसुनजीलाई जनता, कार्यकर्ता र विश्वले विश्वास गर्नेगरी आफूलाई स्थापित गर्न सफल व्यक्तित्वका रुपमा स्मरण गरे । सरकार सञ्चालनमा किसुनजीले देखाउनुभएको बाटो अनुशरण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।