काठमाडौं – हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ सोमबार भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार अघिल्लो दिनकै मूल्य प्रतितोला १ लाख २६ हजार रुपैयाँमा सुनको कारोबार भएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि सोमबार स्थिर रहेको छ । प्रतितोला १ हजार ४७५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।