संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री सहभागी 

राम्रो अनलाइन     ०३ असोज २०८१, बिहिबार
संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री सहभागी 


काठमाडौँ–संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ का अवसरमा काठमाडौँको दरबारर्गस्थित सडकमा आयोजित ‘नेसनल डे कन्सर्ट’ मा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन्।
    
नागरिकस्तरबाट आयोजित विशाल कन्सर्टमा कलाकार र सहभागीलाई उत्साहित तुल्याउन प्रधानमन्त्री ओली कार्यक्रमस्थलमा पुगेका हुन् । हातमा राष्ट्रिय झण्डा बोकेर फहराउँदै कन्सर्टको स्टेजजमा प्रधानमन्त्री ओली पुग्दा  सहभागीहरुले तालीको गडगडाहटबाट स्वागत गरेका थिए ।

सुमधुर साँझमा कलाकारहरुको प्रस्तुतीका बीच प्रधानमन्त्री ओलीले संक्षिप्त शुभकामना दिँदै ‘हामी यस भव्य कन्सर्टको आनन्द लिइरहेका छौँ । अत्यन्त उल्लासका साथ कार्यक्रम भइरहेको छ । दिवसलाई भव्य ढङ्गले मनाउन आग्रह गर्छु । इन्जेय गर्नुस् । धेरै धेरै धन्यवाद ।’ भनेका थिए । उक्त कन्सर्ट दिउँसो ४ बजेदेखि सुरु भएको थियो।

प्रतिक्रिया