संसद छिर्दा पक्राउ परेका ४९ लघुवित्त ऋणी हाजिरी जमानीमा रिहा

राम्रो अनलाइन     १७ फागुन २०८०, बिहिबार
संसद छिर्दा पक्राउ परेका ४९ लघुवित्त ऋणी हाजिरी जमानीमा रिहा

काठमाडौँ–  संसद भवन छिरेर आन्दोलन गर्दा पक्राउ परेका लघुवित्त ऋणीहरूलाई प्रहरीले छाडेको छ । काठमाडौं प्रहरी परिसरले मंगलबार पक्राउ परेका सबै ४९ जनालाई हाजिरी जमानीमा छाडेको हो ।

काठमाडौ प्रहरी परिसरका  प्रवक्त नवराज अधिकारीका  अनुसार मंगलबार पक्राउ परेका ४९ जनालाई हाजिरी जमानीमा छाडिएको हो । तीन दिनअघि संसद बैठक चलिरहेका बेला लघुवित्त ऋणीहरू प्रहरीलाई ठेल्दै भवनभित्रै प्रवेश गर्न खोजेका थिए । जबरजस्ती संसद् भवन प्रवेश गरेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको थियो । 

प्रतिक्रिया