सन्राइज बैंकको कन्ट्याक्टलेस कार्ड 

राम्रो अनलाइन     ०७ माघ २०७७, बुधबार

काठमाडौं :  सन्राइज बैंकले कार्डमार्फत हुने भुक्तानीलाई थप सहज, आधुनिक र विश्वस्तरीय बनाउने उद्देश्यले कन्ट्याक्टलेस डेबिट, क्रेडिट र अन्तर्राष्ट्रिय डेबिट कार्ड सञ्चालनमा ल्याएको छ ।
सो कार्ड प्रयोग गरी पोइन्ट अफ सेल (पीओएस) मा कारोबार गर्दा पिन राख्नुपर्दैन । कार्डलाई पीओएसमा ट्याप गरेर सजिलै कारोबार गर्न सकिने बैंकले बताएको छ ।
कार्र्डमार्फत कारोबार छिटो, छरितो र सहज हुने बैंकको विश्वास छ । उक्त कार्डबाट ट्याप एव्ड पे गर्न ट्याप सुविधा भएका पीओएस चाहिन्छ । 
बैंकले हालको पीओएसलाई स्तरोन्नति गरी ट्याप सुविधायुक्त पीओएस उपत्यकाका विभिन्न रेस्टुराँ, सपिङ मललगायतमा  राख्न सुरु गरिएको जानकारी दिएको छ ।
अन्तर्राष्ट्रिय स्तरको सुरक्षा व्यवस्था रहेको उक्त एनएफसी कन्ट्याक्टलेस कार्डमार्फत हाललाई बिनापिन अधिकतम २ हजार रुपैयाँसम्मको कारोबार गर्न सकिनेछ । २ हजार रुपैयाँभन्दा बढीको कारोबार गर्दा पिन प्रयोग गर्नुपर्नेछ ।
बैंकले हाल १३९ शाखा, १६० एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।
 

प्रतिक्रिया