सिटिजन्स बैक इन्टरनेशनलले अमेरिकी डलरमा आधारित ई–कम कार्ड सेवा सुरु गरेको छ । राष्ट्र बंैकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्रअनुसार बैकले यो सुविधा सञ्चालन गर्न लागेको हो ।
यो सुविधाअन्र्तगत ग्राहकले बंैैक खातामा रहेको नेपाली रुपैयाँ सटही गरी एकैपटक वा पटक–पटक गरी वार्षिक ५०० डलर बराबरसम्मको रकम कार्डमा लोड गर्न बैंकसमक्ष अनुरोध गर्न सक्नेछन् ।
अमेरिकी डलरमा आधारित ई–कम कार्ड प्रयोग गर्न चाहने ग्राहकले आफ्नो खातामा ग्राहक पहिचान विवरण अद्यावधिक गरेको एवं प्यान कार्ड लिएको हुनुपर्नेछ ।
यसअन्तर्गत ग्राहकले नेपाल र भारतबाहेकका देशबाट अनलाइनमार्फत वस्तु तथा सेवा खरिदबापतको भुक्तानी गर्न यो कार्ड प्रयोग गर्न सक्नेछन् । यो कार्ड प्रयोग गरी एटीएमबाट नगद झिक्न तथा पीओएसमार्फत कारोबार गर्न पाइने छैन ।
हाल बैंकले १६७ शाखा, ११८ एटीएम र १०७ शाखारहित इकाइबाट बैंकिङ सुविधा दिँदै आएको छ ।