सिराहाको लहानमा सिटिजन्स बैंकको शाखा 

राम्रो अनलाइन     २० चैत २०७७, शुक्रबार
सिराहाको लहानमा सिटिजन्स बैंकको शाखा 

सिटिजन्स बैंक इन्टरनेशनलले सिराहाको लहानमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । लहान शाखाबाट आधुनिक बैंकिङ सुविधा उपलब्ध गराइने बैंकले बताएको छ ।
कार्यक्रममा स्थानीय निकायका प्रतिनिधि, उद्योगी, व्यापारी, विभिन्न संघ–संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवा उपस्थित थिए । यो शाखामार्फत साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ । 
हाल बैंकले १६७ शाखा, ११८ एटीएम र १०७ वटा शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ । 
 

प्रतिक्रिया