काठमाडौं : ग्राहकलाई डिजिटल प्रविधिको बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले सिद्घार्थ बैंकले स्मार्ट टेलर सञ्चालनमा ल्याएको छ ।
यो सेवा सञ्चालनपछि ग्राहकले साथमा चेक वा एटीएम कार्ड नभए पनि क्यूआर कोड स्क्यान गरी आफ्नो बंैक खाताबाट सहजै रकम झिक्न सक्नेछन् ।
यसबाट ग्राहकको समयको बचत हुनेछ भने बंैकिङ सेवा थप सुविधाजनक हुनेछ । ग्राहकले आफ्नो मोबाइल बैंकिङ एप (सिद्घार्थ बैंकस्मार्ट) बाट बैंकको काउन्टरमा रहेको क्यूआर कोड स्क्यान गरी दैनिक एक लाखसम्म र मासिक दस लाख रुपैयाँसम्म रकम निकाल्न सक्नेछन् ।
बैंकले कार्ड सेवा, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, अनलाइनबाटै खाता खोल्न सकिने तथा क्रेडिट कार्ड आवेदन दिन सकिने, विभिन्न डिजिटल बंैकिङलगायत सेवा प्रदान गर्दै आएको छ ।