सिभिल बैंक–आइसन सम्झौता 

राम्रो अनलाइन     १९ चैत २०७७, बिहिबार
सिभिल बैंक–आइसन सम्झौता 

सिभिल बैंक लिमिटेड र आइसनबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ प्रमुख भोलाबहादुर विष्ट तथा आइसनका कन्ट्री बिजनेस डेभलपमेन्ट म्यानेजर आरती श्रेष्ठले हस्ताक्षर गरे ।
सम्झौताअनुसार सिभिल बैंकका कर्मचारी, ग्राहक तथा सम्बन्धित परिवारले आइसनसँग सात राष्ट्र भारत, थाइल्यान्ड, मलेसिया, सिंगापुर, इजिप्ट, अमेरिका र बेलायतमा अनुबन्धित ६४ अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरुमा औषधोपचार गराउँदा तथा स्वास्थ्य परामर्श लिँदा प्रथम पटक ७ प्रतिशत छुट पाउनेछन् । 
दोस्रो पटकदेखि भने थप ५ प्रतिशतसमेत गरी कुल १२ प्रतिशत छुट पाउनेछन् । 

प्रतिक्रिया