काठमाडौं – दक्षिण भारतीय सिनेमा ‘क्याप्टेन मिलर’ शुक्रबारबाट नेपालमा रिलिज हुने भएको छ । सिनेमाको नेपाल प्रदर्शन अधिकार एके डिष्ट्रिब्युसनले खरिद गरेको हो ।
यो फिल्ममा धनुषले एक हिंस्रक चरित्रमा अभिनय गरेका छन् जो बेलायती साम्राज्यविरुद्ध संघर्ष गर्छ । प्रशस्तै हिंसाका दृश्यले भरिपूर्ण फिल्मको ट्रेलरमा बन्दुकको गोली, तरवार चलाउने, गोली हानाहान र बम विष्फोट देखाइएको छ ।
भारतीय सेन्सर बोर्डले फिल्मभित्र अधिक हिंसा भएपछि ४० प्रतिशत त्यस्ता दृश्य घटाउन निर्देशन दिएको थियो । साथै, बेलायतविरुद्ध प्रयोग गरिएका अपमानजनक शब्द हटाउन पनि सेन्सरले भनेको छ ।
अरुण माथेश्वरनद्वारा निर्देशित ‘क्याप्टेन मिलर’मा प्रियंका अरुल मोहन, शिवराज कुमार, निवेदिता सतीश, विनायकन, र सन्दीप किशन मुख्य भूमिकामा छन् ।