शुक्रबार सुनको मूल्य स्थिर

राम्रो अनलाइन     २५ फागुन २०८०, शुक्रबार
शुक्रबार सुनको मूल्य स्थिर

काठमाडौं–  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) बिहीबारकै मूल्यमा सुनको कारोबार भएको छ । बिहीबार हालसम्मकै उच्च प्रतितोला १ लाख २५ हजार रुपैयाँ रहेको सुन शुक्रबार पनि सोही मूल्यमै कारोबार भएको छ । 

चाँदीको मूल्य पनि शुक्रबार स्थिर रहेको छ । अघिल्लो दिनकै मूल्य प्रतितोला १ हजार ४७० रुपैयाँमा शुक्रबार चाँदीको कारोबार भएको महासंघले जनाएको छ ।
 

प्रतिक्रिया