शिव परियारको ‘धोकेबाज’ गीतमा बोल्ड आश्मा र ओबी

राम्रो अनलाइन     ०५ साउन २०८१, शनिबार


काठमाडौँ– गायक शिव परियारको आवाजमा रहेको नयाँ गीत ‘धोकेबाज’ सार्वजनिक भएको छ । विश्वज्योती सिनेम्याक्स हलमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । चर्चित गायक शिव परियारको स्वर रहेको गीतमा रविन लामिछानेको शब्द र युवराज मगरको सङ्गीत रहेको छ। रामजी लामिछानेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा ओबी रायमाझी र आश्मा विश्वकर्माको अभिनय रहेको छ।  मानकृष्ण महर्जनले खिचेको भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका हुन् ।  

गीतको फिमेल भर्सनमा समीक्षा अधिकारीको स्वर रहेको छ।  आश्मा र ओबीको जोडीलाई दर्शकले ‘कट्टा हान्दिन्छु’ गीतमा रुचाएका थिए । यही जोडीलाई लिएर तयार पारिएको ‘धोकेबाज’ को भिडियो ग्ल्यामर्स बनेको छ।  

प्रतिक्रिया