सानिमा बैंक र नेपाल प्रहरी अस्पतालबीच उपचारको लागि आर्थिक सहयोग गर्ने सम्झौता 

राम्रो अनलाइन     ०७ साउन २०७९, शनिबार
सानिमा बैंक र नेपाल प्रहरी अस्पतालबीच उपचारको लागि आर्थिक सहयोग गर्ने सम्झौता 

 

सानिमा बैंक र नेपाल प्रहरी अस्पताल महाराजगंजबीच न्यून आर्थिक अवस्था भएका महिलाहरूको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झतामा हस्ताक्षर भएको छ।

उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले न्यून आर्थिक अवस्था भएका महिलाहरूको उपचारका लागि वार्षिक चार लाख ८० हजार सहयोग उपलब्ध गराउनेछ।

सानिमा बैंकले प्रत्येक ुनारी बचत खाताु बापत बैंकको तर्फबाट मासिक १ रूपैयाँको दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आएको छ। उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले नेपाल प्रहरी अस्पतालसँग यो सम्झौता गरेको हो।

नेपाल प्रहरी अस्पतालमा आयोजित कार्यक्रममा उक्त सम्झौता पत्रमा नेपाल प्रहरी अस्पतालका प्रहरी अतिरिक्त महानिरीक्षक डा। आशा सिंह र सानिमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गरेका हुन्।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ कार्यालय र १२० वटा एटिएम संचालनमा छन्।

प्रतिक्रिया