काठमाडौं । रुरु जलविद्युत् परियोजना लिमिटेडले शुक्रबारदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी १२० रुपैयाँका दरले ४ लाख ७ हजा ७०६ कित्ता शेयर निष्कासन गरेको छ ।
जस मध्ये ३ लाख ६९ हजार १६७ कित्ता शेयर सर्वसाधारणका लगानी कर्ताको लागि, ८ हजार १५४ कित्ता कर्मचारीका लागि, २० हजार ३५८ कित्ता सामूहिक लगानीकोषका लागि रहेको छ ।
रुरुको आईपीओ न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख ७९ हजार १६० कित्तासम्म आवेदन दिन पाइनेछ । रुरुको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड छ ।
कम्पनीले आर्थिक वर्ष २०७६ ७७ मा ६ करोड १४ लाख ४७ हजार रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको आईपीओ इक्रा नेपालले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा गे्रड ३ रेट्रिग प्रदान गरेको छ ।
आईपीओको विक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । आईपीओ जारी गरे पछि कम्पनीको चुक्तापूँजी ४० करोड रुपैयाँ पुग्ने छ ।