रुपन्देही अदालतमा रवि लामिछानेको बयान हुँदै 

राम्रो अनलाइन     ०९ माघ २०८१, बुधबार
रुपन्देही अदालतमा रवि लामिछानेको बयान हुँदै 


रुपन्देही–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद रवि लामिछानेको बयान रुपन्देही जिल्ला अदालतमा सुरु भएको छ। न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा उनको बयान सुरु भएको हो।

यही माघ ६ गते जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा रवि लामिछानेसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरेको थियो।​

नारायणबहादुर पहराई समेतको जाहेरीमा नेपाल सरकार वादी रहेको सहकारी ठगी र संगठित अपराध मुद्दामा रविना रिमालसमेत २२ जना प्रतिवादी छन्।

रवि बुधबार आफैं अदालतमा उपस्थित भएका हुन्। यसका लागि उनी हिजो बुटवल गएका थिए। यसअघि उनी सहकारी ठगी मुद्दामा नै कास्की र काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर छुटेका थिए।

प्रतिक्रिया