रोकिएन सुनको भाउ बढ्ने क्रम

राम्रो अनलाइन     ०६ कात्तिक २०८१, मङ्गलबार
रोकिएन सुनको भाउ बढ्ने क्रम

 

काठमाडौं- नेपाली बजारमा आज मंगलबार पनि सुनको मूल्य वृद्धि भएको छ। दसैंपछि सुनको मूल्य निरन्तर बढ्दै एकपछि अर्को रेकर्ड बनिरहेको छ। 

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६५ हजार ९०० रुपैयाँ पुगेको छ। हिजो छापावाल सुनको मूल्य १ लाख ६५ हजार ६०० रुपैयाँ कायम भएको थियो।  यस्तै चाँदीको मूल्य सोमबार तोलामा १ हजार ९५ रुपैयाँ रहेकोमा आज बढेर २ हजार १०० रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

प्रतिक्रिया