राष्ट्रिय गौरवको आयोजनाका लागि रु दुई अर्ब बजेट

राम्रो अनलाइन     १५ जेठ २०७८, शनिबार
राष्ट्रिय गौरवको आयोजनाका लागि रु दुई अर्ब बजेट

सुदूरपश्चिम,१५जेठ : सरकारले आगामी आर्थिक वर्ष २०७८ \७९को बजेटमा कैलालीमा निर्माणाधीन रानी— जमरा— कुलरिया सिँचाइ आयोजनाका लागि रु दुई अर्ब ३५ करोड विनियोजन गरेको छ ।  राष्ट्रिय गौरवको यो आयोजनाको नौ किलोमिटर मूल नहर निर्माण आगामी वर्षमा पूरा गरिने जनाइएको छ । उक्त आयोजनाकै लम्की विस्तारतर्फको कान्द्रा खोलासम्म १५किलोमिटर मूल नहर र पाँच किलोमिटर शाखा नहर निर्माण गरिने लक्ष्य लिइएको छ । 

उक्त आयोजनाको आगामी तीन वर्षभित्र निर्माण पूरा गरिने लक्ष्य लिइएको र यसबाट २० हजार ३०० हेक्टर जग्गामा सिँचाइ पुग्ने लक्ष्य रहेको अर्थमन्त्री विष्णप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको बजेट कार्यक्रममा उल्लेख गरिएको छ ।

सरकारको प्राथमिकताप्राप्त कञ्चनपुरमा निर्माणाधीन महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको निर्माणका लागि रु एक अर्ब २५करोड बजेट विनियोजन गरिएको छ । 
 

प्रतिक्रिया