काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ठाकुरमोहन श्रेष्ठमाथि हातपात भएको छ। केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी श्रेष्ठमाथि हातपात भएको हो।
कार्यसम्पादन समिति बैठक खाना खाएपछि पुनः बस्ने गरी स्थगित भएको छ। बैठक स्थगित भएपछि बाहिर निस्कँदै गर्दा अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यकक्षबाहिर श्रेष्ठमाथि हातपात भएको हो। आक्रमण गर्ने को हुन् र किन आक्रमण गरेका हुन् भन्ने खुलेको छैन ।