राजनीतिक अस्थिरता विकासका लागि घातकः प्रवक्ता डा महत

राम्रो अनलाइन     २२ वैशाख २०८१, शनिबार
राजनीतिक अस्थिरता विकासका लागि घातकः प्रवक्ता डा महत


काठमाडौँ–नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राजनीतिक अस्थिरता नेपालको बिकासका लागि घातक रहेको बताएका छन्। नेपाल प्रेस युनियन केन्द्रीय कार्यसमितिले आज आयोजना गरेको कार्यक्रममा उहाँले जसले अस्थिरता निम्ताएको छ यो नेपालको लोकतान्त्रिक आन्दोलन र बिकासका लागि घातक रहेको बताएका हुन्।

प्रवक्ता डा महतले निरन्तर अस्थिरता बनाइरहने र त्यसमा रमाइरहने प्रवृतिलाई निस्तेज बनाउनुपर्ने धारणा राखे। उनले भने, ‘चाडै नै हामीले लोकतन्त्रप्रति समर्पित कुराले होइन, कामले पारदर्शिता, विकास र स्थिरताप्रति समर्पित सरकार चाँडै आउने छ भन्ने विश्वास दिलाउन चाहन्छु ।’

प्रवक्ता डा महतले समावेशिता र सहभागिताको सुनिश्चित गर्दै प्रत्यक्ष निर्वाचनमा जान सकिने धारणा राखे । उनले मुलुकमा राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचनका लागि बहस चलाउनुपर्ने धारणा राखे।

प्रतिक्रिया