श्रीकृष्णजन्माष्टमी अवसरमा चर्चित मोडल युनिता खत्रीले राधाको भेषमा सुट गरिएका तस्बिरहरू आफ्नो सामाजिक सञ्जालका एकाउन्टमा पोष्ट गरेकी छिन् । राधाको भेषमा उनी निकै खुलेकी छिन् ।
सिन्धुपाल्चोक पुर्खौली थलो भएकी चर्चिच मोडल युनिता खत्री सानैदेखि नृत्य गर्न रुचाउँथिन् । स्कुलमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा भाग लिन उनी अग्रसर हुन्थिन् र आफ्ना कलाले सबैलाई मोहित पार्थिन् । मानौँ कि नृत्य उनलाई भगवानले विरासतमा नै दिएका हुन् ।

सानै उमेरदेखि नृत्य गर्न थालेकी उनको लगाव मोडलिङ र सञ्चार माध्यमतिर पनि बढ्दै गयो । उनले ‘नेप टिभी नेटवर्क’ मा ‘झोलाभित्र के होला’ भन्ने कार्यक्रम सञ्चालन गर्न थालिन् । दर्शकले उनको कार्यक्रम रुचाए । कार्यक्रमले खुबै चर्चा बटुल्यो । कहिलेकाहीँ त उनको कार्यक्रमको भ्यूज मिलियनसम्म जान्थो ।

युनिता यतिमात्र रोकिइनन् । उनले पचास राष्ट्र सम्मलित ‘मिस वल्र्ड डाइभर्सिटी २०१८’ मा भाग लिने मैका पाइन् । दुबईमा भएको उक्त कार्यक्रममा ४९ प्रतिद्धन्द्धीलाई हराउँदै विजेता बनिन् युनिता । विश्वभरका ५० देशका प्रतिस्पर्धीलाई उछिनेर ताज जित्नु उनका लागि सजिलो थिएन । कडा मिहिनेत र आत्मविश्वासले ताज जितेको युनिता बताउँछिन् ।

उनले उक्त टाइटलसँगै मिस फ्रेन्डसीप र मिस ट्यालेन्टसमेत जितिन् । उनले यो प्रतियोगिता भन्दा अगाडि मिस इ–कलेज, मिस राजधानीजस्ता सौन्दर्य प्रतियोगितामा पनि भाग लिइसकेकी थिइन् । उनी ‘मिस ई–कलेज २०१६’मा सेकेन्ड रनरअप बनेकी थिइन् भने ‘मिस राजधानी’मा ‘मिस वल्र्ड’ शिर्षक अन्तर्गतको उपाधि जितेकी थिइन् ।
