पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीको १६ प्रश्न : सरकार अर्थतन्त्र लयमा आयो भन्छ, लय भनेको यस्तै हो ? 

राम्रो अनलाइन     २२ असोज २०८०, सोमबार
पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीको १६ प्रश्न : सरकार अर्थतन्त्र लयमा आयो भन्छ, लय भनेको यस्तै हो ? 


१) राजस्व लक्ष्यअनुसार उठेको छैन।
२) साधारण खर्च बढ्दैछ तर पूँजी निर्माणमा लगानी निराशाजनक छ।
३) तरलता बढेको भनिन्छ तर व्याजदर घटदैन्।
४) उद्योगहररूको उत्पादन बढेको छैन।
५) आर्थिकमन्दी व्याप्त छ तर माग वृद्धि गर्ने कुनै कार्यक्रम छैन। सरकारी अधिकारीहरू एक अर्काको आलोचनामा व्यस्त छन्।
६) दश जोड दुई पास गर्ने कुल विधार्थीमध्ये एक तिहार्इ देश बाहिर जाँदैछन् यस क्रममा एक खरब भन्दा बढी विदेशी मुद्रा देश बाहिर गइरहेको छ ।
७) देश भित्र कलेजहरू विद्यार्थी नपाएर बन्द हुँदैछन र पढाएर आफ्नो देशमा जागिर पाउने संभावना पनि घटन थालेको छ।
८) युवा कामदार तथा विद्यार्थी जोडदा आठ देखि दश लाख मानिस नेपालमा रोजगारी र शिक्षाको आश मारेर विदेशिँदै छन्।
९) युवा कामदार र विद्यार्थी देश बाहिर पठाएर हामी कस्तो अर्थतन्त्र निर्माण गर्दैछौँ ?   
१०) युवाको लागि हाम्रो देश मैत्रीपूर्ण छैन,सरकारी रोजगारी र शिक्षा नीतिले अघोषित रुपमा देश बाहिर जान नेपाली लाई बाध्य पारिँदैछ। रोजगार बढाउने क्षेत्र निर्माण व्यवसाय पनि हो।सरकारबाट पाउनु पर्ने रकम नपाएर यो क्षेत्र थला परेको छ। स्वभावतः घर छोडेर बाहिर जान नेपाली बाध्य छन।
११) लघुवित्तको ठगीबाट गरीब नेपालीको एक खरब भन्दा बढी रकम डुब्ने अवस्थामा छ। यस्तो गति सहकारिको पनि  छ। यो नोक्सान गरीब नेपाली जनता माथि थोपार्दा अर्थतन्त्र कसरी लयमा आउँछ ? 
१२) मौद्रिक र वित्तिय नीतिको कतै तालमेल छैन,खालि आरोप–प्रत्यारोप मात्र छ।
१३) दक्षिण एसियाको देशहरूको प्रतिव्यक्ति आय २५०० देखि ३००० अमेरिकी डलर पुग्दैछ। हामी सालाखाला १४०० डलर प्रतिव्यक्ति आयमा थन्किरहेका छौँ र यसैलाई ठुलो सफलता मान्दैछौँ।नेपाल दक्षिण एसियाको सबैभन्दा कमजोर र गरीब अर्थतन्त्र हुँदैछ तर आउँदो ५ वर्षमा प्रतिव्यक्ति आम्दानीमा नाटकीय परिवर्तन ल्याउने सपना दिएर जनतामाथि किन भद्दा मजाक ? 
१४) एसिया दक्षिणको सबैभन्दा कमजोर अर्थतन्त्रमा नेपाल रुपान्तरित हुँदैछ। खोक्रो रुख जस्तो बहिर चिल्लो तर भित्र खोक्रो र सानो हुरि बतासले ढाल्न सक्ने अवस्थामा पुग्दैछौँ।यो संकटसँग मुकाविला गर्ने चेतना कहीँ छैन अनि कस्तो लयको हामी कुरा गर्दैछौँ।
१५) भ्रष्टाचारी  देशको उपाधिमा हामिले नयाँ किर्तिमन कायम गरेका छौँ तर भ्रष्टाचार नियन्त्रण गर्ने नैतिक हिम्मत र नियत कहीँ कतै छैन। हामी भिखारी राष्ट्रको दर्जामा पुग्दैछौँ।
१६)अब एकले अर्कालाई निषेध र आलोचना मात्र नगरौ,प्रजातन्त्र बचाउ,देश जोगाउ,र कम्तिमा आउँदो दश वर्ष सम्म ६ प्रतिसदको दरले गुणस्तरीय आर्थिक उन्नति कायम गरौँ। यसको लागि सवै राष्ट्रिय शक्तिहज्ञबीच नयाँ मेलमिलापको वातावरण कायम गरौँ।कठमुल्ला वाद र जडसुत्र वाद लाई अस्विकार गरौँ। अन्यथा इतिहासले माफ गर्ने छैन।

प्रतिक्रिया