परराष्ट्रमन्त्री राणा भारत भ्रमण सकेर आज फर्किंदै

राम्रो अनलाइन     ०६ भदौ २०८१, बिहिबार
परराष्ट्रमन्त्री राणा भारत भ्रमण सकेर आज फर्किंदै

 

काठमाडौं –परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत भ्रमण सकेर आज स्वदेश फर्किदैछिन् ।

आइतबार चार दिने भ्रमणका लागि भारत पुगेकी उनले भेटवार्ता सकेर आज काठमाडौं फर्किन लागेकी हुन् । मन्त्री राणा आज दिउँसो साढे तीन बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने उनको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार मन्त्री राणा अवतरण भएलगत्तै विमानस्थलमै पत्रकार सम्मेलन आयोजना गरिएको छ । पत्रकार सम्मेलनमा मन्त्री राणाले भ्रमणबारे ब्रिफिङ गर्नेछिन् ।

उनले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, भारतीय जनता पार्टीका विदेश विदेश विभागका प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेकी थिइन् ।

प्रतिक्रिया