फेरि बढ्यो सुनचाँदीको मूल्य

राम्रो अनलाइन     २३ कात्तिक २०८१, शुक्रबार
फेरि बढ्यो सुनचाँदीको मूल्य

 

काठमाडाैं – नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला १ लाख ६६ हजार ५ सय रुपैयाँ तोकेको छ।

आज सुन प्रतितोला २ हजार रूपैयाँले बढेको हो। यसअघि बिहीबार सुन १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो। यस्तै आज चाँदीको मूल्य पनि २० रूपैयाँले बढेको छ। बिहीबार तोलामा १९ सय ६० रूपैयाँमा कारोवार भएको चाँदी आज २० रूपैयाँले बढेर १९ सय ८० रूपैयाँमा कारोवार भइरहेको छ।  

प्रतिक्रिया