फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर १४५ रुपैयाँ

राम्रो अनलाइन     ०७ फागुन २०७८, शनिबार
फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर १४५ रुपैयाँ

 

काठमाडौं– नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ। निगमले शनिबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँका दरले बढाएको हो। मूल्य बढाएपछि पेट्रोल प्रतिलिटर १४५ रुपैयाँ पुगेको छ। यस्तै, डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ प्रतिलिटर पुगेको छ। निगमले खाना पकाउने (एलपी) ग्यास र हवाई इन्धनको मूल्य भने नबढाइएको जनाएको छ। 

प्रतिक्रिया