पार्किङ हटाएपछि न्युरोडका व्यापारी सटर बन्द गरेर आन्दोलनमा

राम्रो अनलाइन     ०९ माघ २०८०, मङ्गलबार
पार्किङ हटाएपछि न्युरोडका व्यापारी सटर बन्द गरेर आन्दोलनमा

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आज देखि न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लागाएको छ ।  महानगरले न्युरोड क्षेत्रमा पार्किङ रोक लागाएसँगै व्यवसायीले विरोध गरेका छन्।  उनीहरुले सटर बन्द गरेर वडा कार्यालय पुगेर निर्णय सच्याउन आग्रह गरेका छन् । 

आज देखि धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महावौद्ध, वीरअस्पताल आसपासको कालोपत्रे सडकमा पार्किङ निषेध गरिएको छ । 

यसअघि झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरिसकिएको छ । यसको विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङको व्यवस्था मिलाइने महानगरपालिकाले जनाएको छ । सो ठाउँमा ३ सय वटा चार पाङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने महानगरको दाबी छ ।

यसबाट न्युरोड क्षेत्र सुन्दर देखिने र सवारी आवागमन पनि सहज हुने अपेक्षा छ । तर न्युरोड क्षेत्रका व्यापारीहरुले व्यापार घट्ने भन्दै महानगरपालिकाको निर्णय सच्याउन माग गरेका छन् ।

यसअघि काठमाडौं महानगरपालिकाले दरबारमार्ग क्षेत्रको सडक किनारमा पनि पार्किङ निषेध गरेको थियो । सो क्षेत्रका व्यापारीहरु त्यसको विरोधमा उत्रिए पनि महानगरपालिकाले पार्किङ निषेधको निर्णय फिर्ता लिएको छैन ।
 

प्रतिक्रिया