निरन्तर बढ्याे सुनको मूल्य

राम्रो अनलाइन     १७ जेठ २०८१, बिहिबार
निरन्तर बढ्याे सुनको मूल्य

 

काठमाडाैं– स्थानीय बजारमा पहेँलो धातुको मूल्य निरन्तर बढिरहेको छ।

बुधबारको तुलनामा आज सुनको तोलामा नै रु दुई हजार तीन सयले वृद्धि भएको छ। बुधबार प्रतितोला रु एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४० हजार पाँच सय निर्धारण भएको छ भने तेजाबी सुन भाउ पनि बढेको छ।

तेजाबी सुन बुधबार तोलामा रु एक लाख ३७ हजार पाँच सय ५० मा कारोबार भएकामा आज यो रु एक लाख ३९ हजार आठ सयमा कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्य तोलामा रु दुई हजार दुई सय ५० ले वृद्धि भएको छ।

प्रतिक्रिया