निखिल र वर्षाको मुख्य भूमिका रहने ‘कस्तुरी’को छायांकन सुरु

राम्रो अनलाइन     २७ माघ २०८२, मङ्गलबार
निखिल र वर्षाको मुख्य भूमिका रहने ‘कस्तुरी’को छायांकन सुरु

काठमाडौं – निखिल उप्रेती र वर्षा शिवाकोटीको मुख्य भूमिका रहने चलचित्र ‘कस्तुरी’को छायांकन सुरु भएको छ । आज शुभमुहूर्त गर्दै चलचित्रको छायांकन सुरु भएको हो । 

ऋत बोहोराले निर्देशन गर्ने चलचित्र काठमाडौं र आसपासका क्षेत्रमा छायांकन हुनेछ । रहस्य, सस्पेन्स र अपराधलाई चलचित्र समेट्ने उनले बताए । 

निखिल र वर्षाको यो पहिलो सहकार्य हो । निखिल र वर्षासँगै शेखर चापागाईं, निर्मल शर्मा, नीशा अधिकारी, अर्जुन गुरुङ, भोलाराज सापकोटालगायतको अभिनय रहनेछ ।  चलचित्रको कथा ऋत बोहोराले नै लेखेका छन् । 

प्रतिक्रिया