नेपालमा भारतीय भेरियन्टको कोरोना संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि

राम्रो अनलाइन     ०४ जेठ २०७८, मङ्गलबार
नेपालमा भारतीय भेरियन्टको कोरोना संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि

काठमाडौं : नेपालमा भारतीय भेरियन्टको कोरोना भाइरस फैलिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साता देशका विभिन्न स्थानबाट ३५ नमुना संकलन गरेर जिन सिक्वेन्सिङ गरिएको थियो ।

भारतको ल्याबमा गरिएको जिन सिक्वेन्सिङको मंगलबार प्राप्त नजिताअनुसार ९७ प्रतिशत अर्थात ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्रतिशत अर्थात एउटा नमुनामा बी १.६१७.२ पुष्टि भएको छ । यो दुबै भेरियन्ट भारतमा पहिलो पटक भेटिएको थियो ।

प्रतिक्रिया