लुना लुईंटेल पेसाले नर्स हुन् । उनी पब्लिक हेल्थकी विद्यार्थी समेत हुन् । उनी आफुमा भएका शिप र ज्ञान तथा विदेशबाट फकेर्कोहरुले सिकेका ज्ञान, शिपमार्फत देशको अवस्थामा सुधार गर्न सकिने र योगदान पुर्याउन सकिन्छ भन्ने कुरामा विश्वास गर्छिन् । र मिस नेपालमार्फत नेपाललाई अन्तराष्ट्रिय स्तरमा अझ उच्च स्थानमा पुर्याउन सहभागी भएकी हुन् । ‘मैले हालसम्म नौवटा देश घुमिसकेकी छु । यो दैरान नेपाली पासपोर्टलाई कसरी हेरिन्छ भनेर निराशा पनि महसुस गरेकी छु । त्यसैले यो यात्रा केवल मेरो व्यक्तिगत विकासको मात्र नभई विश्व मञ्चमा गर्वका साथ नेपालको प्रतिनिधित्व गर्न चाहान्छु । यस्तै उनी नेपालले केवल हिमालका लागि मात्र होइन, यहाँका जनता, उनीहरूको दृढता र मायाले पनि विश्वले चिन्नुपर्ने कुरामा विश्वास राख्छिन् ।

