नेपाल प्रहरीको ‘फूलको बास्ना सरी’ गीत सार्वजनिक

राम्रो अनलाइन     २३ भदौ २०८१, आइतबार
नेपाल प्रहरीको ‘फूलको बास्ना सरी’ गीत सार्वजनिक

 

काठमाडाैं – नेपाल प्रहरीको ‘फूलको बास्ना सरी’ गीतको भिडियो सार्वजनिक भएको छ। 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्कीको शब्द रहेको गीतमा नेपाल प्रहरीको भावना समेटिएको छ।  शनिबार सार्वजनिक उक्त गीतमा गायक राजेशपायल राईसहित मेलिना राई, बेनिसा पौडेल र समीर खरेलको स्वर रहेको छ।

त्यसैगरी गीतको भिडियोमा प्रकाश सपूत, प्रियंका कार्की, बेनिशा हमाल र रमेश उप्रेतीको अभिनय रहेको छ।  त्यस्तै, गीतको भिडियो निर्देशन पछिल्लो समयका व्यस्त निर्देशक गम्भीर विष्टले गरेका छन् भने गीतको स्टोरी र भिडियो कन्सेप्ट भने सरोज ओलीको रहेको छ। 

प्रतिक्रिया