काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंकले बैंकको शेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्न ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई शेयर रजिस्ट्रारमा नियुक्त गरेको छ । सम्झौतामा बैंकका नायब महाप्रबन्धक विनयनाथ न्यौपाने र ग्लोबल आईएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरे ।
अधिकृत पुँजी ४० अर्ब र जारी पुँजी २० अर्ब रुपैयाँ रहेको यो नेपालको एक मात्र पूर्वाधार बैंक हो । कम्पनीले माघ २ देखि ६ गतेसम्म सर्वसाधारणका लागि ८ अर्ब रुपैयाँको साधारण शेयर निष्कासन गरेको थियो ।