नेपाल–बंगलादेश बैंकको एनबी अनलाइन कार्ड 

राम्रो अनलाइन     १९ चैत २०७७, बिहिबार
नेपाल–बंगलादेश बैंकको एनबी अनलाइन कार्ड 

नेपाल–बंगलादेश बैंकले नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्डसम्बन्धी परिपत्रअनुसार एनबी अनलाइन कार्ड सञ्चालनमा ल्याएको छ ।
यसअन्तर्गत ग्राहकले आफ्नो प्यान कार्डबाट खाता खोली ५ सय अमेरिकी डलर बराबरको कार्ड प्राप्त गर्न सक्नेछन् । उक्त कार्डमार्फत भारतबाहेकका मुलुकबाट नेपालको प्रचलित कानुनले प्रतिबन्ध नलगाएका विदेशी वस्तु तथा सेवा खरिद गर्दा भुक्तानी गर्न सकिनेछ ।
उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका निम्ति विदेशबाट मगाइने आई–ट्वेन्टीका लागि पनि उक्त कार्डबाट भुक्तानी गर्न सकिनेछ । सामाजिक सञ्जालमार्फत आफनो व्यवसाय प्रवद्र्धनका लागि पनि उक्त कार्डबाट भुक्तानी गर्न सकिनेछ ।
हाल बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर तथा ८२ वटा एटीएमबाट बैंकिङ सुविधा दिँदै आएको छ । 
 

प्रतिक्रिया