मुलुकलाई संवैधानिक दायरामा रहेर निकास दिन हरसम्भव प्रयास गरिरहेको छु : राष्ट्रपति पौडेल

राम्रो अनलाइन     २६ भदौ २०८२, बिहिबार
मुलुकलाई संवैधानिक दायरामा रहेर निकास दिन हरसम्भव प्रयास गरिरहेको छु : राष्ट्रपति पौडेल

काठमाडौँ–राष्ट्रपति रामचन्द्र पौडेलले देशको वर्तमान विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर आफूले विचार–विमर्शसहित हरसम्भव प्रयास गरिरहेको जानकारी गराएका छन्।

उनले आज विज्ञप्ति जारी गरी आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको निदानको खोजी भइरहेको विषयमा विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गरेका छन्।

प्रतिक्रिया