मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न संस्थालाई आर्थिक सहयोग

राम्रो अनलाइन     ०२ असोज २०७८, शनिबार
मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न संस्थालाई आर्थिक सहयोग

काठमाडौं– मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघ–संस्था, व्यक्तिलाई सहयोग गर्दै आएको बताएको छ ।  
भदौ महिनामा मात्रै ५ विभिन्न सामाजिक कार्यमा सहयोग गरिएको बैंकले जनाएको छ ।


बैंकले प्रदेश १ र २ मा वित्तीय साक्षरता अभियानमा सहयोग पुग्ने गरी फाइनान्सियल डिजिटलाइजेसन लिटरेसीका लागि ५० हजार रुपैयाँ मिडिया इन्टरनेसनल प्रालिलाई सहयोग गरेको छ ।


कास्कीको मालपोत कार्यालयमा आउने सेवाग्राही बस्ने प्रतीक्षालयमा कुर्सी अभाव हटाउन बैंकले ३ थान ३ सिटरको फलामे कुर्सी मालपोत कार्यालय कास्कीलाई हस्तान्तरण गरेको छ । 


साथै, बैंकले बालबालिकाको शिक्षामा टेवा पुर्‍याउन  रेस्ट फाउन्डेसनअन्तर्गत हेरचाह गरिएका आर्थिक स्थिति कमजोर भएका बालबालिकाका लागि आवश्यक किताबको दराज निर्माण गर्न ४० हजार रुपैयाँ सहयोग गरेको उल्लेख गरेको छ । 

 

भैंसेपाटीस्थित प्रगति युवा क्लबद्धारा आयोजित रक्तदान कार्यक्रमका लागि आर्थिक सहयोग गरिएको बैंकको भनाइ छ । 
बैंकले आर्थिक स्थिति कमजोर भएका कास्कीको पोखरा महानगर–२२ का २८ वर्षीय प्रकाश बरालको मृगौला प्रत्यारोपपणका लागि ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
 

प्रतिक्रिया