काठमाडौँ – सरकारले नेपाल सरकारको मुख्यसचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले कायममुकायम मुख्यसचिव गड्तौलालाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरूको मनोनयन गरेको जानकारी दिए।
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पाल्पाका डा.शिवराज अधिकारी नियुक्त भएका भने सदस्यहरूमा महोत्तरीका डा.आरती विसार, धनुषाका डा.रमेश प्रसाद सिंह, अर्घाखाँचीका डा. प्रकाशकुमार श्रेष्ठ मनोनयन भएका हुन्। यस्तै, झापाका डा.गीताकुमारी पौडेल अधिकारी, अर्घाखाँचीका डा.जयबहादुर टनडन र दार्चुलाका गङ्गादत्त अवस्थी आयोगको सदस्यमा नियुक्त भएका सञ्चार मन्त्री गुरुङले बताए।