काठमाडौं– प्रभु बैंक लिमिटेडले मुगुको गमगढीमा शाखा विस्तार गरेको छ । मुगुको छायानाथ रारा नगरपालिका–२ स्थित गमगढमा आफ्नो ३०६औँ शाखा मंगलबारदेखि सञ्चालनमा ल्याएको हो ।
प्रभु बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरूमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सेवा दिइरहेको छ । यो अभियानले देशभरि नै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बैंकको दाबी छ ।
बैंकको गमगढी शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने विश्वास गरिएको छ ।
ुबैंक अफ द इयर २०२३ु को उपाधिबाट सम्मानित बैंकका नेपालभर ३०६ शाखा कार्यालय, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको छ ।