मुग्लिन–नारायणगढ खण्डको सिमलतालमा सडक भासियो

राम्रो अनलाइन     ११ असोज २०८३, आइतबार
मुग्लिन–नारायणगढ खण्डको सिमलतालमा सडक भासियो

काठमाडौं–मुग्लिन–नारायणगढ सडक खण्डको सिमलतालमा सडक भासिएको छ ।

लगातारको वर्षापछि त्रिशूली नदीमा पानीको बहाब बढेर सडकको तल्ला भाग कटान गर्दा उक्त स्थानमा सडक भासिएको हो ।

सडक डिभिजन भरतपुरका अनुसार आइतबार बिहान पौने ९ बजेको समयमा त्रिशूली नदीले सडकको तल्लो भाग कटान गर्दा सडक लगभग आधा भाग भासिन पुगेको छ ।

सडकको आधा भाग भासिएका कारण राजमार्ग एकतर्फी सञ्चालनमा रहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।

प्रतिक्रिया