काठमाडौँ–नेक्स्ट मोडल नेपाल प्रा. लि. को आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मोडल हन्ट नेपाल सिजन–१०’ अन्तर्गतको ‘स्विमसूट राउन्ड’ सम्पन्न भएको छ। ललितपुरस्थित 'बीच हाउस बार एन्ड डाइनिङ' मा आयोजित उक्त विशेष राउन्डमा प्रतिस्पर्धी नूर महर्जनले आफ्नो आकर्षक क्याटवाक र प्रभावशाली प्रस्तुति दिएकी छन्।

यस राउन्डका लागि मोडल नूर महर्जनले 'युशाज विरागो' (Yousha’s Virago) को डिजाइनर पोशाक पहिरिएकी थिइन्।

'नथिङ नेपाल' (Nothing Nepal) मुख्य प्रायोजक रहेको यस प्रतियोगितामा सहभागीहरूको शृङ्गार तथा सौन्दर्य 'पुनम ब्युटी एकेडेमी' र 'लुजा मेकअप स्टुडियो एन्ड ब्युटी एकेडेमी'ले सम्हालेका छन्। प्रतियोगिताको भिडियोग्राफी 'फोपाल प्रोडक्सन'ले गरेको छ।
प्रतियोगिताका सहयोगी तथा सह-प्रायोजकहरू
यसपटकको मोडल हन्ट नेपाललाई विभिन्न ख्यातिप्राप्त ब्रान्डहरूले सहयोग गरेका छन्:
टाइटल स्पान्सर: नथिङ नेपाल (Nothing Nepal)
सह-प्रायोजक: केएफसी नेपाल र न्युमेभ (KFC Nepal & Newmew)
स्मार्टफोन पार्टनर: नथिङ फोन ४ए (Nothing Phone (4a))
हस्पिटालिटी पार्टनर: याक एन्ड यति काठमाडौँ
एजुकेशन पार्टनर: द ब्रिटिस कलेज काठमाडौँ
स्टडी एब्रोड पार्टनर: एपेस इन्टरनेसनल
हेयर एन्ड स्किन केयर पार्टनर: आवरण स्किन एन्ड हेयर क्लिनिक
फिटनेस पार्टनर: जिमशाला (GYMSHALA)
डिजिटल पेमेन्ट पार्टनर: खल्ती (Khalti)
ब्युटी पार्टनर: स्टार स्ट्रक बाइ एसएल नेपाल
टेक पार्टनर: नोमोर क्लाउड (Nomor Cloud)
रोमान्टिक पार्टनर: लभबर्ड्स आइसक्रिम

नेपालको फेसन तथा मोडलिङ क्षेत्रमा नयाँ र प्रतिभाशाली युवाहरूलाई व्यावसायिक मञ्च प्रदान गर्दै आएको नेक्स्ट मोडल नेपालले यस सिजनमा पनि प्रतिस्पर्धीहरूलाई कडा तालिम र ग्रूमिङसहित ग्रान्ड फिनालेको तयारी गराइरहेको छ।