मिस्टर सुपरनेसनल नेपालको उपाधि राष्ट्रिय भलिबल खेलाडी धिरोजलाई 

राम्रो अनलाइन     २६ वैशाख २०८१, बुधबार
मिस्टर सुपरनेसनल नेपालको उपाधि राष्ट्रिय भलिबल खेलाडी धिरोजलाई 


काठमाडौँ–नेपाली राष्ट्रिय भलिबल टिमका खेलाडी धिरोज काजी बस्नेतले ब्युटी प्रजेन्ट अन्तर्गत मिस्टर सुपरनेसनल नेपाल, २०२४ को उपाधि जितेका छन्। धिरोजले बैशाख १९ गते भएको प्रतियोगितामा मिस्टर सुपरनेस्नल नेपालको उपाधि जितेका हुन्। योसंगै उनले जुनमा पोल्यान्डमा हुने मिस्टर सुपरनेसनल प्रतियोगितामा नेपालको प्रतिनिधि गर्नेछन्। त्यसका लागि उनि जुन २२ मा त्यसतर्फ प्रथान गर्नेछन्। यसअघि उनले ब्युटी प्रजेन्ट अन्तर्गतकै मिस्टर नेपाल नेसन्स, २०२३ को पनि उपाधि जितेका थिए।

धिरोज नेपालि राष्ट्रिय भलिबल खेलाडी हुन्। सन् २०२३ चीनमा भएको एशियन्स गेम्समा बहराइनविरुद्ध डेब्यु गरेका थिए। त्यसतै त्यसपछि भएको काभा भलिबल प्रतियोगितामा पनि नेपालबाट खेलिसकेका छन्।

साथै उनले सन् २०२२ मा नेपालि राष्ट्रिय यू(२३ टोलिका कप्तान समेत गरि सकेका छन्। बांगलादेशमा भएको उक्त काभामा धिरोजले टोलिको नेत्रित्व गरेका थिए।

प्रतिक्रिया