काठमाडौँ– मिसेस राइज एन्ड साइन डिभा–२०८० नामक कार्यक्रमको भोटिङ लाइभ सुरु भएकोछ। खल्तिले भोटिङ कोड सहित १६ जना प्रतियोगीकोलागि भोट खुल्ला गरेकोछ। कम्तिमा रु १० बराबर १ भोट हुनेछ। आफूले चुनेको प्रतियोगीलाई जति पनि भोट गर्न सकिने आयोजकले बताएको छ । भोट गर्नकालागि खल्ती एप्स डाउनलोड गरि जहाँ बाट पनि भोट दिन सकिनेछ। भोटको आधारमा टप पाँच जना छनोट हुने बताइएकोछ।

सहभागीले आजैदेखि भोट माग्न सुरु गरेकाछन । मात्र १५ दिन भोटिङ राउन्ड खुल्ला रहनेछ । स्वदेश तथा बिदेशबाट भोट गर्न मिल्नेछ । त्यसको लागि देश भित्र र बिदेशको लागि छुट्टाछुट्टै क्युआर कोड समेत सार्वजनिक भएकोछ । प्रतिस्पर्धामा रहेका सहभागीको तस्बिरसँगै क्युआर कोड राखिएकोछ। उक्त कार्यक्रमको २ महिना अघिदेखि काठमाडौँ र ललितपुरमा गरि तीन चरणमा अडिसन राखिएको थियो।अडिसनपछि ३० जनालाई छनोट गरि तालिम पश्चाप पुन १६ जना अहिले भोटिङ राउन्ड्मा प्रबेस गरेका छन । बिबाहित तथा एकल महिलाहरुले भाग लिन पाउने यस कार्यक्रममा २० बर्षदेखि ५४ बर्ष उमेर समुहका महिलाको सहभागिता रहेकोछ । निरन्तररूपमा १० दिनदेखि काठमाडौँमा तालिम भैरहेकोछ।अहिले विभिन्न तालिममा सहभागी हुन पाएका महिलाहरुमा आत्म बिश्वास ह्वात्तै बढेको देखिन्छ।
उक्त कार्यक्रमको कोरियोग्राफी राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा चर्चित तथा अनुभवी कोरियोग्राफर जयन सुब्बा मानन्धरले गरेकी छिन् भने दक्ष तथा अनुभवी व्यक्तिहरूद्वारा तालिमको व्यवस्थापन गरिएकोछ। माघको २० गते ट्यालेन्ट राउन्ड हुदैछ भने ग्र्याण्ड फाइनल फागुन ५ गते हुने आयोजकले बताएको छ। विजयी ५ जनाले क्राउन ,स्यासे, मेडल सहित आकर्षक गिफ्ट ह्याम्पर पाउने छ्न्। साथै विदेशमा हुने मिस युनिभर्समा सहभागीको समेत अबसर पाउनेछन। स्पोन्सर गर्ने विभिन्न कम्पनी आयोजकसँग जोडिँदै जाँदा कार्यक्रमको महत्त्व बड्दै गैरहेको छ । राइज एन्ड साइन क्रियसन प्राइभेट लिमिटेडले कार्यक्रमको आयोजना गरेको हो।
