मिसाइल आक्रमणको चेतावनी पछि युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी

राम्रो अनलाइन     २८ कात्तिक २०८१, बुधबार
मिसाइल आक्रमणको चेतावनी पछि युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी

 

युक्रेन – युक्रेनी राष्ट्रपतिका 'चिफ अफ स्टाफ' ले राजधानीमा मिसाइल आक्रमणको चेतावनी दिए पछि अधिकारीहरूले देशव्यापी रुपमा आक्रमणको चेतावनी जारी गरेका छन् । 

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई उद्धृत गर्दै एन्ड्री यर्माकले टेलिग्राम मार्फत  'पुटिन' ले  पछिल्लो समयमा किभमा क्षेप्यास्त्र आक्रमण गरिरहेको जनाएका छन् । 

युक्रेनी सेनाले यस अघि बुधबार देशको हवाई क्षेत्रमा क्षेप्यास्त्र प्रवेश गरेको र राजधानी किएभ तर्फ गइरहेको चेतावनी दिएको थियो । 'सावधान १ चेर्निहिभ क्षेत्रमा मिसाइल किभ क्षेत्रतर्फ गइरहेको छ', भन्ने सूचना टेलिग्राम मार्फत जारी गरिएको छ । 

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगरमा एक ३२ वर्षीया आमा र उनका तीन बच्चाहरूको हत्या सहित एक हप्ताको निरन्तर आक्रमण पछि यो आक्रमण भएको हो । पछिल्लो समयमा मस्को र किभले एक अर्का लाई लक्षित  गरी रातारात विभिन्न  आक्रमणहरू  गरिरहेका छन् ।  

रूसी क्षेत्र कुर्स्कबाट युक्रेनी सेनालाई निष्कासन गर्न रूसले उत्तर कोरियाली लडाकुसहित करिब ५० हजार सैनिक तयार पारेको जेलेनस्कीले चेतावनी दिनु भएको छ । 

प्रतिक्रिया