मिस वल्र्डको ताज नेपाल ल्याउन सकूँ र ‘ब्युटी वीथ अ प्रपोज’ को उपाधि जित्न सकूँ भन्ने इच्छा छ : साइच्छा थापा

राम्रो अनलाइन     २४ साउन २०८२, शनिबार
मिस वल्र्डको ताज नेपाल ल्याउन सकूँ र ‘ब्युटी वीथ अ प्रपोज’ को उपाधि जित्न सकूँ भन्ने इच्छा छ : साइच्छा थापा

उद्यमशीलता र अभियानकर्तासँगै हुर्किएकी साइच्छाको उद्यमी र सामाजिक अधिवक्ता बन्ने लक्ष्य रहेको छ । जसले महिलाहरूलाई सशक्त बनाउन, उद्यमशीलता प्रवद्र्धन गर्न र रोजगारीका अवसरहरू सिर्जना गर्न काम गर्न सहज हुने उनको बुझाई छ । मिस नेपालको मञ्चमार्फत उनी नेपाली युवाहरू र महिलाहरूलाई सशक्त बनाउने, वास्तविक रोजगारी सिर्जना गर्न काम गर्नेछिन् । उनी भन्छिन्, ‘मैले मिस नेपालमा सहभागी हुने निर्णय गरेँ ताकि मिस वल्र्डको ताज नेपाल ल्याउन सकूँ र ‘ब्युटी वीथ अ प्रपोज’ को उपाधि जित्न सकूँ । मैले सधैं मेरो जीवन केबल अस्तित्वमा सीमित नहोस्, केही अर्थपूर्ण होस् भन्ने चाहना राखेकी छु । त्यसैले साँच्चिकै जीवनमा परिवर्तन ल्याउन यो मञ्चमार्फत म नेपाली युवाहरू र महिलाहरूलाई सशक्त बनाउने, वास्तविक रोजगारी सिर्जना गर्ने र सकारात्मक परिवर्तनको प्रेरणा दिने अवसर राख्नेछु । र यो यात्रा उद्देश्यका साथ नेतृत्व गर्ने र आफ्नो देशको सेवा ठूलो स्तरमा गर्ने मेरो सोच समेत हो ।’   

 

प्रतिक्रिया