मिस नेपालमार्फत जीवनका कथा अगाडि बढाउन चाहन्छु : आरती थापा

राम्रो अनलाइन     २४ साउन २०८२, शनिबार
मिस नेपालमार्फत जीवनका कथा अगाडि बढाउन चाहन्छु : आरती थापा

आरती योगकी प्रशिक्षक हुन् । उनी जीवनमा सबैजना अनुशासनको सन्तुलनमा रहनुपर्ने कुरामा विश्वास राख्छिन् । उनी अनुशासनमार्फत भिजनसहितको आवाज बन्न चाहन्छिन् । उनी मिस नेपालको यात्रालाई नजिकबाट नियाल्न यस यात्रामा सहभागी भएको बताउँछिन् । उनी भन्छिन्, ‘मैले हालसम्म जीवनको यात्रा होस् या अरु केही सबैलाई टाढाबाट मात्रै नियालेको छु, अब भने म यसयात्रामार्फत जीवनका यात्राहरूलाई नजिकबाट नियाल्नको लागी सहभागी भएकी हुँ ।’

यस्तै उनी यस प्ल्याटफर्ममार्फत उनको कथाको पनि महत्व राख्ने कुरामा विश्वस्त छिन् । भन्छिन्, ‘यहाँ मेरो कथा पनि महत्व राख्छ, जुन पुरा त छ तर कहिल्यै पूरा देखिइएन । यो मेरो लागि कथा अगाडि सर्ने तरिका हो र म अब त्यसलाई गर्वका साथ स्वीकार गर्न तयार छु ।’ 

 

प्रतिक्रिया