महालक्ष्मी विकास बैंकले प्रयोग गर्ने ईभीको संख्या तीन पुग्यो 

राम्रो अनलाइन     २४ जेठ २०८१, बिहिबार
महालक्ष्मी विकास बैंकले प्रयोग गर्ने ईभीको संख्या तीन पुग्यो 


काठमाडौं–महालक्ष्मी विकास बैंकले वातावरण दिवसको अवसर पारेर थप एउटा विद्युतीय गाडी (ईभी) प्रयोगमा ल्याएको छ । कार्यालय प्रयोजनका लागि थप एउटा ईभी प्रयोगमा ल्याएको बैंकले जनाएको छ । 

बैंकले यसअघि दुई वटा ईभी प्रयोगमा ल्याइसकेको जनाएको छ । थप एउटा विद्युतीय गाडी प्रयोगमा आएसँगै बैंकसँग ईभीको संख्या तीन पुगेको छ । हरित पर्यावरणीय योजनालाई निरन्तरता दिन पर्यावरणीय मैत्री विद्युतीय सवारी प्रयोगलाई बढवा दिइएको बैंकको भनाइ छ ।

यसैबीच ३०औं वार्षिकोत्सवको अवसरमा ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२४’ प्रतियोगिता सुरु गरेको छ । २२ जेठदेखि सुरु भएको प्रतियोगिता २५ जेठसम्म सञ्चालन हुने छ । ललितपुरको इमाडोल स्थित बलपार्क इन्डोर क्रिकेटमा आयोजना हुने लिगमा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलीको सहभागिता रहने छ ।

प्रतिक्रिया